२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

फेरी बढ्याे इन्धनकाे मूल्य, कति पुग्याे पेट्रोल/डिजेलकाे मूल्य ? हेर्नुहाेस् विज्ञप्ति

- विशेष खबर मङ्गलबार २२, असार २०७८ ०९:०६

फेरी बढ्याे इन्धनकाे मूल्य, कति पुग्याे पेट्रोल/डिजेलकाे मूल्य ? हेर्नुहाेस् विज्ञप्ति

काठमाडौं । नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज  फेरि इन्धनको मूल्य बढाएको हो ।

गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयााले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।


#नेपाल आयाल निगम #पेट्रोल/डिजेल

प्रतिकृया दिनुहोस