२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

उपत्यकामा निषेधाज्ञा केही खुकुलो, के के खुल्छन् ?

शुक्रबार २१, जेठ २०७८ ०८:२७

उपत्यकामा  निषेधाज्ञा केही खुकुलो, के के खुल्छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ ।

जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा शुक्रबारदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।

आजदेखि तरकारी, फलफूल, दूध, मासु, खानेपानीलगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र बिहान ९ बजेसम्म खुल्नेछन्।

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो कामदार राखेर काम गर्न दिइने छ। विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ।

यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजेसम्म खुल्नेछन्।  

निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

विवाह तथा ब्रतबन्धमा बढीमा ७ जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ। तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन। विवाह र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।


प्रतिकृया दिनुहोस