२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइने

मङ्गलबार २१, बैशाख २०७८ ०९:५२

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइने

काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ।

यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।

तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ। त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बुझाइ प्रशासनको छ।

निषेधाज्ञा कडाइ गरिए पनि उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ।


प्रतिकृया दिनुहोस