२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भारतकाे एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ काे मृत्यु

एजेन्सी बुधबार ०८, बैशाख २०७८ ०४:२७

भारतकाे एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ काे मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।

जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।


#भारत #अक्सिजन

प्रतिकृया दिनुहोस