२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

भारतमा एकैदिन दुई लाख ९५ हजारमा काेराेना संक्रमण, २ हजार भन्दा बढीकाे मृत्यु

- विशेष खबर बुधबार ०८, बैशाख २०७८ ११:१४

भारतमा एकैदिन दुई लाख ९५ हजारमा काेराेना संक्रमण,  २ हजार भन्दा बढीकाे मृत्यु

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ।

त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन्। तर, संक्रमण भने नियन्त्रणमा आएको छैन । भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ।


#भारत #कोरोना भाइरस

प्रतिकृया दिनुहोस