२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

मेसीकाे उत्कृष्ट प्रर्दशनमा बार्सिलाेनालालाई काेपा डेल रेको उपाधि

एजेन्सी आइतबार ०५, बैशाख २०७८ ०८:५५

मेसीकाे उत्कृष्ट प्रर्दशनमा बार्सिलाेनालालाई काेपा डेल रेको उपाधि

म्याड्रिड । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे ।

खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि मेसीले लगातार दुई गोल गरे ।

क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।


# बार्सिलोना #कोपा डेल रे #फुटवल

प्रतिकृया दिनुहोस