२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

सेयर बजारमा नयाँ रेकर्ड

- विशेष खबर सोमबार ३०, चैत २०७७ ०३:४८

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।

समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।

पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले पाँच गुणासम्म पुँजी वृद्धि भए पनि आपत्ति नहुने बताएका छन् । पुँजी वृद्धिको विषयमा संघको धारणा समेत राष्ट्र बैंकमा बुझाइसकेको उनले बताएका छन् । संघका अध्यक्षको यो भनाइले पनि लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।


प्रतिकृया दिनुहोस