२०७८ असार ०५ गते शनिबार | 19 June, 2021

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निर्वाचित

- विशेष खबर शुक्रबार २७, चैत २०७७ ०६:३१

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निर्वाचित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको चेम्बरले जनाएको छ ।

कार्यसमितिका निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको सपथ ग्रहण पनि सम्पन्न भएको चेम्बरका निर्देशक रविराज बरालले जानकारी दिए ।


#नेपाल चेम्बर अफ कमर्स

प्रतिकृया दिनुहोस