२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरि हेर्ने नतिजा ?

- विशेष खबर शुक्रबार २७, चैत २०७७ ११:३६

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरि हेर्ने नतिजा ?

काठमाडाैं। सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ । 

योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो ।

त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाले शेयर नपाउने भएका छन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले मेराे शेयर मा गइ नतिजा हेर्नसक्नेछन्।


#सिंगटी हाइड्रोपावर #आईपीओ

प्रतिकृया दिनुहोस