२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भारतको छत्तीसगढमा माओवादीसंगकाे भिडन्तमा परी २२ सुरक्षाकर्मीको मृत्यु, ३१ जना घाइते

- विशेष खबर आइतबार २२, चैत २०७७ ०३:४०

भारतको छत्तीसगढमा माओवादीसंगकाे भिडन्तमा परी २२ सुरक्षाकर्मीको मृत्यु, ३१ जना घाइते

काठमाडौं । भारतको छत्तीसगढस्थित बिजापुर जिल्लामा शनिबार माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३१ जना सुरक्षाकर्मी भने घाइते भएका छन् । यस्तै एकजना सुरक्षाकर्मी भने सम्पर्कविहिन रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी र माओवादीबीच त्यहाँ ४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ राज्यको राजधानी रायपुरबाट ४०० किलोमिटर टाढा रहेको बिजापुर उक्त घटना भएको हो । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जन बढी हतियार पनि लुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । सो भिडन्तमा ९ जना माओवादीको पनि मृत्यु भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

शनिबार बिजापुर र सुकमा जिल्लामा विभिन्न सुरक्षा निकायका करिब २ हजार सुरक्षाकर्मी सम्मिलित टोलीले त्यहाँको नक्सलवादी विरुद्ध अप्रेसन सुरु गरेको थियो । सोही क्रममा माओवादीले एम्बुस गरेर आक्रमण गरेपछि भिडन्त सुरु भएको बताइएको छ ।

गत साता नारयानपुर जिल्लामा माओवादीले २७ सुरक्षाकर्मी सवार गाडीमा आक्रमण गर्दा ५ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएपछि सुरक्षाकर्मीको संयुक्त टोलीले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।


#भारत

प्रतिकृया दिनुहोस