२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

बाँकेकाे नरैनापुरमा भिषण आगलागी, एक सय भन्दा बढि घर जलेर नष्ट

- विशेष खबर शनिबार २१, चैत २०७७ ०७:०४

बाँकेकाे नरैनापुरमा भिषण आगलागी, एक सय भन्दा बढि घर जलेर नष्ट

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा एक सय भन्दा बढी घर जलेका छन् ।

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी  दिए ।

नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा क्षति भएकाे थियाे । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् ।


#आगलागी #नेपालगन्ज

प्रतिकृया दिनुहोस