२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भारतबाट फर्कएका  २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

- रासस शनिबार २१, चैत २०७७ ०८:३५

भारतबाट फर्कएका  २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

महेन्द्रनगर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ ।

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका ७००नेपाली र १९७ भारतीय मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३  मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको संक्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको संख्यासमेत बढ्दो रुपमा रहेको छ ।
 
शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५  भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको संख्या १५० रहेको छ । 


#काेराेना संक्रमण #एन्टीजेन परीक्षण

प्रतिकृया दिनुहोस