२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

चितवनमा गैंडा गणनाको टोलीमाथि जंगली हात्तीको आक्रमण

- विशेष खबर शुक्रबार २०, चैत २०७७ ०७:२१

चितवनमा गैंडा गणनाको टोलीमाथि जंगली हात्तीको आक्रमण

चितवन। एक सिंगे गैंडाको गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेले आक्रमण गरेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ आक्रमणमा परि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

बरालका अनुसार गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो।

‘जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते भएका छन्,’ बरालले भने। उनका अनुसार चार जनालाई सामान्य चोट लागेको छ। गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको बरालले बताए। उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ।

उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ। ‘कहिलेबाट सुरू गर्ने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गर्छौं,’ बरालले भने। 

चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो। हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ।  


#गैंडा #हात्ती #आक्रमण

प्रतिकृया दिनुहोस