२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

गाेरखामा ट्याक्टरबाट खसेर एक जनाकाे मृत्यु

- रासस शनिबार १४, चैत २०७७ ०६:१९

गाेरखामा ट्याक्टरबाट खसेर एक जनाकाे मृत्यु

गाेरखा । गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको छन् ।

बाह्रकिलो बजारबाट दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफैँ चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको पहरीले जानकारी दिएकाे छ  । 

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए । 


#दुर्घटना

प्रतिकृया दिनुहोस