२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

बटलरले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड ८ विकेट विजयी

एजेन्सी बुधबार ०४, चैत २०७७ ०९:५०

बटलरले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड ८ विकेट विजयी

अहमदाबाद । विकेटकिपर ब्याट्सम्यान जोस बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले घरेलु टिम भारतलाई तेस्रो टी-२० खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। यससँगै ५ खेलको  सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ।

मंगलबार राति भएको खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १० बल खेल्न बाँकी छदा पूरा गर्‍यो। 

इंग्ल्यान्डका लागि बटलरले नटआउट ८३ रन जोडे। उनले ५२ बलमा ५ चौका र ४ छक्का हिर्काए। उनका ओपनिङ पार्टरन जासन रोए भने ९ रनमा आउट भएका थिए। डविड मालनले १८ रन जोड्दा जोनी वायस्टोले नटआउट ४० रनको योगदान दिए। वायस्टोले २८ बलमा ५ चौका हिर्काए। 

बलिङमा भारतका युजभेन्द्र चाहल र वासिङटन सुन्दरले १-१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन जोड्यो। भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७७ रन जोडेका थिए। उनले ४६ बलमा ८ चौका र ४ छक्का हिर्काए।

ओपनर रोहित शर्मा १५ रनमा आउट हुँदा केएल राहुल शून्य र इशान किसान ४ रनमै पेभिलियन फर्किए। भारतका लागि रिशव पन्तले २५ रन बटुल्दा श्रेयस इयर ९ रन र हार्दिक पाण्ड्याले १७ रन जोडे।  बलिङमा इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए भने क्रिस जोर्डनले २ विकेट हात पारे।


#इंग्ल्यान्ड #भारत #क्रिकेट

प्रतिकृया दिनुहोस