२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

हल गोरु पाल्नेलाई हलो अनुदान !

- रासस सोमबार ०२, चैत २०७७ ०९:०८

हल गोरु पाल्नेलाई हलो अनुदान !
तस्बिर साभार : ट्वीटर

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो । 

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानीपिसानी मिलमा पाँच लाख, कृषि टनेलमा तीन लाख र हलोका लागि तीन लाख बजेट विनियोजन गरेको जनाएको छ । 

आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।

सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरुको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । 


प्रतिकृया दिनुहोस