२०७८ साउन १२ गते मङ्गलबार | 27 July, 2021

रोनाल्डोकाे किर्तिमानी ह्याट्रिक, पेलेले दिए बधाई

एजेन्सी सोमबार ०२, चैत २०७७ ०८:५९

रोनाल्डोकाे किर्तिमानी ह्याट्रिक, पेलेले दिए बधाई

मिलान । औपचारिक खेलमा सबैभन्दा बढी गोल गरेको आफ्नो कीर्तिमान उछिनेकोमा पेलेले सोमबार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । रोनाल्डोको ह्याट्रिकमा इटालीको सिरी ‘ए’ मा युभेन्टसले कागलिरीलाई ३–१ ले हराएको हो ।

खेलको सुरुआती ३२ मिनेटभित्र तीन गोल गरेका रोनाल्डोको अहिलेसम्मको खेल जीवनमा गोल संख्या ७ सय ७० पुगेको छ । पेलेले ७ सय ६७ गोल गरेका छन् । यसै क्रममा पेलेले इन्स्ट्राग्रामबाट बधाई दिएका हुन् ।

यसअघि लउटारो मार्टिनेजले खेलको अन्त्यतिर गरेको गोलमा इन्टर मिलानले टुरिनोलाई २–१ ले हराउँदै शीर्ष स्थानमा नौ अंकको अग्रता खोल्यो । इन्टरको यो लिगमा लगातार आठौं जित हो ।

रामेलु लुकाकुको गोलमा इन्टरले सुरुआती अग्रता लिएपछि एन्टोनियो सानब्राएले टुरिनोका लागि बराबरी गोल फर्काएका थिए । एसी मिलान नेपोलीसँग १–० ले पराजित भएपछि इन्टर अझ मजबुत भएको हो ।

लिग तालिकामा इन्टरको ६५ अंक भएको छ भने त्यसपछि मिलान ५६ अंकसाथ दोस्रो स्थानमा छ । त्यस्तै युभेन्टस ५५ अंकसाथ तेस्रो स्थानमा छ ।


#क्रिस्टियानो रोनाल्डो

प्रतिकृया दिनुहोस