२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नवनियुक्त डेपुटी गभर्नरहरू तिम्सिना र मिश्रले गरे पदबहाली

- विशेष खबर बुधबार २६, फागुन २०७७ ०८:२६

नवनियुक्त डेपुटी गभर्नरहरू तिम्सिना र मिश्रले गरे पदबहाली

काठमाडौं । नवनियुक्त डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनियताको सपथग्रहण गरे संगै पदबहाली समेत गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उनीहरुलाई सपथग्रहण गराएका हुन् ।

मंगलबार मन्त्रिपरिषदको निर्णय अनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् । सपथग्रहण समारोहमा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दैै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएको बताए ।

डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकोमा खुसी व्यक्त गरे ।


#डेपुटी गभर्नर #सपथग्रहण

प्रतिकृया दिनुहोस