२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब कम लिने

बुधबार १९, चैत २०७६ ०७:५८

बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब कम लिने

एजेन्सी ।  (बार्सिलोना)  लियोनल मेसीले बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बेला क्लबलाई आर्थिक रूपमा सहयोग गर्न खेलाडीले यो निर्णय गरेका हुन् ।

समाजीक संजालमा पाेष्टगर्दै मेसीले क्लबका अध्यक्ष जोसेप मारिया र उनको नेतृत्वमा रहेको बोर्डको पनि आलोचना गरेका छन् । उनका अनुसार बोर्डले खेलाडीको भावना नै बुझ्न सकेन् ।

स्पेनका अन्य क्लबका खेलाडीले पनि आफ्नो पूरा तलब बुझ्ने छैनन् । कोरोनाको माहामारीका कारण अधिकांश स्पेनी क्लबको आर्थिक स्थिति कमजोर भएको छ ।

मेसीले लेखेका छन्, ‘अब समय आएको छ, यो विषम परिस्थितिमा हामी खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने, यस्तो गर्दा क्लबका अरू कर्मचारीले शतप्रतिशत तबल पाउने छन् ।’

मेसीकाे पाेष्टलाई तत्काल अन्य खेलाडीले पनि आफ्नो एकाउन्टमा सेयर गरेका छन् । त्यसपछि क्लबले पनि औपचारिक रूपमा खेलाडीले तलब काटेर लिन मानेको जनाएको छ ।


#बार्सिलोना

प्रतिकृया दिनुहोस