२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल

- विशेष खबर शनिबार २२, फागुन २०७७ ०७:११

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल

काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधिगर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । 

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधनगर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अकंमा आएको र कोभिड–१९को प्रकोप पनि विस्तारै कमहुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताएका हुन्। 

बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गालिगरेर बस्ने अवस्था नरहेको समेत बताए। 

'अहिले बैंकको व्याजदर र आधार दर सिङ्गल डिजिटमा झरेकोछ।स्प्रेडदर पनि केन्द्रीय बैंकले तोकेको दर भन्दापनि तल झरिसकेको छ।अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनुपर्ने बेला आएको छ,' ढकालले भने। 

मुलुक भित्र लगानीमैत्री वातावरण थप सुधार गर्दैजानको लागि अहिलेको कर तथा भ्याटको दरमापनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकायसमक्ष आवाज उठाउने कुरा बताए। 

 


#चन्द्रप्रसाद ढकाल #नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस