२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी : प्रधानमन्त्री ओली

- विशेष खबर शनिबार २२, फागुन २०७७ ०६:३०

केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी : प्रधानमन्त्री ओली
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् । शनिबार सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ओलीले भने, 'काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो । केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।'

त्यसअघि ओलीले बटम थिचेर मेलम्चीको पानी सुन्दरी जलमा झारेका थिए । लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने प्रधानमन्त्री ओलीको विश्‍वास थियो । भने, '२७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइयोस् । वाग्मतीको सफाइमा पनि यसको फ्लसिङले मद्दत गर्छ ।'

पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए ।


#प्रधानमन्त्री ओली # मेलम्चीको पानी # मेलम्चीको पानी

प्रतिकृया दिनुहोस