२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

ताप्लेजुङ आगलागी अपडेट : ४० घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

- विशेष खबर मङ्गलबार १८, फागुन २०७७ १२:४२

ताप्लेजुङ आगलागी अपडेट : ४० घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

काठमाडाैं । ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्। 

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन् । यो संख्या बढ्न सक्ने उनको भनाइ छ। 

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।

तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘केहीले महत्त्वपूर्ण कागजातहरूसम्म निकाल्न भ्याए,’ लिम्बूले भने, ‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’

 दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।


#आगलागी #ताप्लेजुङ

प्रतिकृया दिनुहोस