२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

रघुजी पन्तविरुद्ध अदालत जान्छु : कोमल वली

- विशेष खबर आइतबार १६, फागुन २०७७ ०२:५७

रघुजी पन्तविरुद्ध अदालत जान्छु : कोमल वली

काठमाडौं । नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । 

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

'म अहिले दाङमा छु । उहाँले जसरी कोमल वलीले 'सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको' भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो । उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ,' उनले भनिन्,' साथीभाइहरुसँग सरसल्लाह गर्दैछु । भोलिसम्म दाङमै व्यस्त छु । पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।'

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ । वली नेकपा ओली समूहमा खुलेकी छन् ।


#दाहाल-नेपाल समूह #रघुजी पन्त #कोमल वली

प्रतिकृया दिनुहोस