२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

स्पेनी ला लिगा : बार्सिलोना शीर्ष दुईमा

एजेन्सी आइतबार १६, फागुन २०७७ ०९:२९

स्पेनी ला लिगा : बार्सिलोना शीर्ष दुईमा

म्याड्रिड । लियोनल मेसीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा सेभियालाई २–० ले हराएको छ । यो जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो । 

मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन पाँच मिनेटअगाडि मेसी आफैंले दोस्रो गोल गरे । बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ । एट्लेटिकोको दुई खेल कम खेलेर पनि ५५ अंक छ । शनिबारका अन्य खेलमा गेटाफेले भ्यालेन्सियालाई ३–० र ओसासुनाले एलाभेसलाई १ –० ले हराए । आइबर र हुएस्काबीचको खेल १–१ को बराबरीमा रह्यो ।


#लियोनल मेसी #बार्सिलोना #स्पेनी ला लिगा

प्रतिकृया दिनुहोस