२०७८ असार ०५ गते शनिबार | 19 June, 2021

पछिल्लो २४ घण्टामा १ सय १२ कोरोना संक्रमित, ४ को मृत्यु

- विशेष खबर शुक्रबार १४, फागुन २०७७ ०५:३२

पछिल्लो २४ घण्टामा १ सय १२ कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।

यस्तै, ५४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय ७७ रहेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

मुलुकका विभिन्न प्रयोगशालमा हालसम्म २१ लाख ५७ हजार ५ सय ९० पीसीआर नमुनाको परीक्षण भएका छन् । ७१ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस