२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना

- विशेष खबर शुक्रबार १४, फागुन २०७७ ०१:१०

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। 

५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको हो। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। 

जोशीको अपरेशन गरिएको नेविसंघ नेता सुशान्त आचार्यले  बताए। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको कित्सकहरूले बताएका छन्। उनको मस्तिष्कमा रगत जमेको छ।

जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो। शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो।

यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर फर्केका छन्।

सिंहका सहयोगी यूपी लामिछानेका अनुसार चिकित्सकहरूले जोशीको अपरेशन सफल भएको नेताहरूलाई जानकारी दिएका छन्।


प्रतिकृया दिनुहोस