२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

मेसीकाे दुई गोलले बार्सिलोनाले एल्चेलाई ३–० हरायाे

एजेन्सी बिहिबार १३, फागुन २०७७ ०९:०६

मेसीकाे दुई गोलले बार्सिलोनाले एल्चेलाई ३–० हरायाे

म्याड्रिड । लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई  ३–० ले हराएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे । ७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।


#लियोनल मेसी

प्रतिकृया दिनुहोस