२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

स्वास्थ्य मन्त्रालयले सच्यायाे कोरोनाबाट मृत्यु भएकाको संख्या

- विशेष खबर बुधबार १२, फागुन २०७७ ०७:२१

स्वास्थ्य मन्त्रालयले सच्यायाे कोरोनाबाट मृत्यु भएकाको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को छानबिन समितिको प्रतिवेदन अनुसार कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपिएको हो ।

कोरोनाबाट बुधबार १ जनाको मृत्यु भएको र विगतमा नमिलेको तथ्यांक सच्याउँदा ६१८ मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

डा. गौतमले घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको र भविष्यमा मृतकको संख्या थपघट हुन सक्ने बताए ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।


#स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस