२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

आईपिएल अक्सन : अहिलेसम्मकै महंगा खेलाडी बने क्रिस मोरिस, सन्दिप लामिछाने बिकेनन्

- विशेष खबर बिहिबार ०६, फागुन २०७७ ०५:११

आईपिएल अक्सन : अहिलेसम्मकै महंगा खेलाडी बने क्रिस मोरिस, सन्दिप लामिछाने बिकेनन्

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेललाई रोयिल च्यालेन्जर्स बेंग्लोर(आरसीबी)ले १४ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । आईपीएल २०२१ का लागि आरसीबीले म्याक्सवेललाई अनुबन्ध गरेको हो ।

गत सिजन किंग्स इलाभेन पञ्जाबबाट खेलेका म्याक्सवेललाई यस वर्ष भने बोलकबोलमा आरसीबीले सबैभन्दा बढी मूल्य तिर्दै भित्र्याउन सफल भएको हो । उनको बेस प्राइस २ करोड तोकिएको थियो । राजस्थान रोयल्सले २.२ करोडबाट बोलकबोल सुरु गरेको थियो । आरसीबी, कोलकाता नाइटराइडर्स र चेन्नई सुपर किंग्सबीचको प्रतिस्पर्धामा आरसीबीले उछिनेको हो ।चेन्नई म्याक्सवेलका लागि १४ करोडसम्म तिर्न तयार भएको थियो ।

त्यस्तै ७५ लाख भारतीय रुपैयाँ बेस प्राइस रहेका क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु तिरेको छ । गत वर्ष प्याट कमिन्सलाई कोलकाता नाइटराइडर्सले १५ करोड ५० लाख रुपैयाँ खर्चेर अनुबन्ध गरेको हो ।

त्यस्तै स्टिभ स्मिथलाई दिल्ली क्यापिटल्सले २ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । त्यस्तै मोइन अलीलाई भित्र्याउन चेन्नईले ७ करोड रुपैयाँ खर्चिएको छ ।

यस वर्ष १२५ विदेशी खेलाडीसहित २९२ खेलाडी आईपीएलको लिलामीको सूचीमा रहेका छन् । त्यसमध्ये तीन जना खेलाडी एसोसियट राष्ट्र र १६४ भारतीय मूलका खेलाडी रहेका छन् ।

दिल्ली क्यापिटल्सबाट रिलिज भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि उक्त सूचीमा रहेपनि कसैलै किनेनन् ।

नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन्।

सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्। उनको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको थियाे ।


#आईपिएल #अक्सन

प्रतिकृया दिनुहोस