२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भारत-इंग्ल्यान्ड टेस्ट सिरिज : विशाल लक्ष्य पछ्याउदै इंग्ल्यान्ड

एजेन्सी सोमबार ०३, फागुन २०७७ ०८:१७

भारत-इंग्ल्यान्ड टेस्ट सिरिज : विशाल लक्ष्य पछ्याउदै इंग्ल्यान्ड

चेन्‍नई । इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन जितका लागि विशाल लक्ष्य पाएको छ । दिनको खेल समाप्त हुँदा पाहुना टिम हारतर्फ उन्मुख रहेको छ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै तीन विकेटको क्षतिमा ५३ रन बनाएको छ ।

पाहुना टिम अझै ४ सय २९ रनले पछडि रहेको छ । उसले जितका लागि ४ सय ८२ रनको विशाल लक्ष्य पाएको थियो । दिनको खेल समाप्तिमा डन लरेन्स १९ र कप्तान जोए रुट दुई रन बनाएर खेलिरहेका छन् ।

यसअघि रोरी बर्नसले २५ रन बनाए । भारतीय बलरमध्ये अक्षर पटेलले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिएका छन् । भारतले आफ्नो इनिङ्समा २ सय ८६ रन बनाएको थियो ।

त्यसमा आश्विनले १ सय ६ रनको शतकीय प्रदर्शन गरे । यस्तै कप्तान विराट कोहलीले पनि ६२ रनको योगदान दिए । चार टेस्टको शृंखलामा इंग्ल्यान्ड १–० ले अगाडि छ ।


#टेस्ट सिरिज

प्रतिकृया दिनुहोस