२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

हिउँ नपग्लिदै मनाङका जंगलमा फेरि आगलागी

- रासस आइतबार ०२, फागुन २०७७ १२:५९

हिउँ नपग्लिदै मनाङका जंगलमा फेरि आगलागी
तस्बिरः रासस ।

मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जंगलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा लागेको आगो अझै निभेको छैन । माघ २९ देखि लागेको आगो ननिभ्दा स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने प्रयास गरिरहे जिल्ला प्रशासनले जनाएको छ ।

‘हामीले हाम्रो तर्फबाट प्रयास गरिरहेका छौँ,’ मनाङका प्रजिअ विष्णुप्रसाद लामिछानेले भने । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोपसमेत उनले लगाए ।

मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ काम नभएको स्थानीयको आरोप छ ।

‘जंगल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीय वासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ”, अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतमले भने । स्थानीयले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको उनले बताए । यसभन्दा अघि पनि दुईपटकसम्म मनाङका विभिन्न जंगलमा आगलागी भएको थियो ।


#आगलागी

प्रतिकृया दिनुहोस