२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

मेसी र ट्रिनकाओकाे दुई–दुई गोलले बार्सिलोना विजयी

एजेन्सी आइतबार ०२, फागुन २०७७ ०९:५३

मेसी र ट्रिनकाओकाे दुई–दुई गोलले बार्सिलोना विजयी

म्याड्रिड । लियोनल मेसी र फ्रासिस्को ट्रिनकाओले दुई–दुई गोल गरेपछि स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार एलाभेसलाई ५–१ ले हरायो । यो बार्सिलोनाको लिगमा लगातार सातौं जित हो ।

यो जितपछि बार्सिलोना २२ खेलबाट ४६ अंकसाथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडको २१ खेलबाट ५४ अंक छ । एट्लेटिकोले अर्को खेलमा ग्रेनेडालाई २–१ ले हरायो ।

त्यसमा मार्कोस लोरेन्ट र एन्जेले कोरेआले एट्लेटिकोका लागि गोल गरे । यस्तै अन्य खेलमा चौथो स्थानको सेभियाले हेएस्कालाई १–० ले हरायो ।

सेभिया ४५ अंकमा रहेको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४६ अंक छ । 


#स्पेनी ला लिगा #बार्सिलोना

प्रतिकृया दिनुहोस