२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

स्थानीय व्यवसायिक कृयाकलापसँग सहकार्य गर्न ढकालकोआग्रह

- विशेष खबर शुक्रबार ३०, माघ २०७७ ०७:१२

स्थानीय व्यवसायिक कृयाकलापसँग सहकार्य गर्न ढकालकोआग्रह

वुटवल । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयरुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थपअगाडि बढाउनआग्रह  गरेका छन्।

बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै  ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नुपरेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एक ढिक्का भएर गम्भीरता पूर्वक कार्य गरिरहेको बताए।

उनले भने, 'स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ र त्यो कार्यगर्न संघहरु नै सक्षम छन्।तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबीङ गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ।'

वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनिआभार व्यक्त गरे । चुनावका बेला जस्तो अहिले महासंघ भित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुनलागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न समेतआग्रह गरे।

उनले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठेपनि सबै उम्मेदवार बीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे।

त्यस अवसरमा ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल ३स्थित गोलपार्क देखि पाल्पा को तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपीशर्माओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गरेका थिए।


#नेपाल उद्योग बाणिज्य महासंघ #चन्द्रप्रसाद ढकाल

प्रतिकृया दिनुहोस