२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

खाना पकाउने ग्याससहित इन्धनकाे मूल्य बढ्याे

बिहिबार २९, माघ २०७७ ०७:०१

खाना पकाउने ग्याससहित इन्धनकाे  मूल्य बढ्याे

काठमाडौँ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।


#इन्धन

प्रतिकृया दिनुहोस