२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

कैलालीमा माटाेकाे ढिस्कोले पुरिएर ३ जनाको मृत्यु

- विशेष खबर शनिबार २४, माघ २०७७ ०५:३७

कैलालीमा माटाेकाे ढिस्कोले पुरिएर ३ जनाको मृत्यु

धनगढी । कैलालीकाे जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन् । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी न्यौपानले बताए ।


#मृत्यु #माटोको ढिस्को #कैलाली

प्रतिकृया दिनुहोस