२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

गाेठमा आगलागी हुँदा २५ बाख्रा जले

- रासस शनिबार २४, माघ २०७७ ०१:२४

गाेठमा आगलागी हुँदा २५ बाख्रा जले

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिएका छन् ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकले बताए ।

शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए  ।


#आगलागी

प्रतिकृया दिनुहोस