२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

टी १० लिग : सोमपालले लिए एकै ओभरमा २ विकेट

- विशेष खबर बिहिबार २२, माघ २०७७ ०७:१०

टी १० लिग : सोमपालले लिए एकै ओभरमा २ विकेट

काठमाडाैं । युएईमा जारी आबुधाबी टी १० लिग अन्तर्गत बिहिबार सोमपाल कामीले एकै ओभरमा २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्।

सुपर लिगको डेकन ग्लाडिएटर्सविरूद्ध कामीले आफ्नो पहिलो ओभरमा मात्र २ रन खर्चिएर २ विकेट लिएका हुन्। सोमपालले डेकन ग्लाडियटर्सका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिन सफल भएका हुन्।

टिमको छैटौं ओभर लिएर आएका सोमपालले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा एक रन दिएका थिए। तेस्रो बलमा पनि एक रन खर्चिएका उनले चौथो बलमा गुप्तालाई ३५ रनमा आउट गरे। उनले गुप्तालाई मोसादेक हुसेनको हातबाट लङ अनमा क्याच आउट गराए ।

पाँचौ बल डट फालेका उनले छैटौं बलमा यासिर कलिमलाई आउट गरे। उनले कलिमलाई २८ रनमा पेभेलियन फर्काए । 

यस्तै आफ्नो दोस्रो ओभरमा सोमपालले १० रन खर्चिए । डेक्कनका अनवर अलीले सोमपालको बलमा दलगातार दुई चौका प्रहार गरेका थिए । सोमपालले टी-१० लिगमा ६ खेल खेल्दै ३ विकेट लिएका छन् । यसअघि लगातार ५ खेल खेलेका सोमपालले जम्मा १ विकेट मात्र लिएका थिए ।

समूह चरण र सुपर लिग गरी ५ खेल खेल्दा १ खेल मात्र जितेको साविक विजेता मराठा अरेबियन्स जम्मा २ अंकसहित ८ टिम सहभागि लिगमा अन्तिममा छ । मराडा प्लेअफ होडबाट बाहिरिसकेको छ ।

यस्तै नेपालका अर्का खेलाडी करण केसीले पनि लगातार ६ खेल खेले । पुने डेभिल्सबाट ६ खेल खेल्ने क्रममा करणले जम्मा १ विकेट लिए । उनले टीम अबुधाबी विरुद्धको खेलमा क्रिस गेललाई बोल्ड गरेका थिए ।


#आबुधाबी टी १० लिग #सोमपाल कामी

प्रतिकृया दिनुहोस