२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

दाहाल-नेपाल समूहकाे आमहड्ताल : उपत्यकामा कस्ताे छ प्रभाव ?

- विशेष खबर बिहिबार २२, माघ २०७७ ०९:३९

दाहाल-नेपाल समूहकाे आमहड्ताल : उपत्यकामा कस्ताे छ प्रभाव ?
दाहाल-नेपाल समूहकाे बन्दपछि लाेकन्थली-जडिबुटी सडक खण्ड । तस्बिरः जगदिश अवस्थी । विशेष खवर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहले आज देशव्यापी आमहड्ताल गरेको छ।

उक्त समूहको आमहड्तालले नागरिकको जनजीवन प्रभावित भएको छ। राजधानी काठमाडौंसहित देशैभरि हड्तालको प्रभाव परेको छ। राजधानीमा  सार्वजनिक र निजी गाडी फाट्टफुट्टमात्र चलेका छन्। मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन्। केही खाद्यान्न किराना पसल पनि खुलेका छन्। 

आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्। 

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र  गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएकाे छ।

आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै, काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्। 

बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

'प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,'उनले भने। 

सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।  


#दाहाल-नेपाल समूह #आमहड्ताल #उपत्यका

प्रतिकृया दिनुहोस