२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

प्रदेश नं. २ मा आइएमई भरोसा कोषको रकम वितरण

- विशेष खबर बुधबार २१, माघ २०७७ ०६:०२

प्रदेश नं. २ मा आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) काे महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।

आइएमई ग्रुपद्वारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकावीच प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउत, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई सयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । 

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाद व्यक्त गर्दै बैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले भरोसा कोष मार्फत प्रभावित परिवारलाई सहयोग पुर्याउदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री तथा प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताए । 

कोरोना भाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो ।

कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ । 


#आइएमई #भरोसा कोष

प्रतिकृया दिनुहोस