२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन

- विशेष खबर सोमबार १२, माघ २०७७ १०:५३

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
तस्बिरः प्रधानमन्त्रीकाे सचिवालय ।

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेकाे पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

पशुपति क्षेत्रलाई विश्वको वैद्धिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न ओलीले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओली संगै संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए ।

 


#प्रधानमन्त्री केपी शर्मा ओली #पशुपतिनाथ

प्रतिकृया दिनुहोस