२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा, सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियाे

- विशेष खबर शनिबार १०, माघ २०७७ ०५:२३

प्रधानमन्त्री कप :  एपीएफ सेमिफाइनलमा, सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियाे

काठमाडौं । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

आर्मी र एपीएफको समान ६ अंक छ, तर रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् । तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए ।

अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर  १४७ रन मात्र बनाउन सक्यो ।

यस्तै, मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।

तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूरपश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भने अझै बाँकी छ ।

हज जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे ।

कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

 


#प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रतिकृया दिनुहोस