२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

एनसीसी बैकंको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा न्यौपाने निर्वाचित

- विशेष खबर शनिबार १०, माघ २०७७ १०:३७

एनसीसी बैकंको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा न्यौपाने निर्वाचित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको थियो ।

यसै साधारण सभाबाट संस्थापक समुह ‘क’ बाट तीन जना र सर्वसाधारण समुह ‘ख’ बाट एक जनामहिला सहित तीन जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेकोछ । साथै साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमाअध्यक्षचयन गरेको छ ।

 समुह ‘क’बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् ।यस्तै समुह ‘ख’ बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा ७९अर्ब ६१ करोड७० लाख निक्षेप परिचालन तथा  ६७ अर्ब ८१ करोड ९४ लाख कर्जाप्रवाह गरी खुदनाफा १ अर्ब १० करोड ८४ लाखआर्जन गरेकोछ ।


#नेपाल क्रेडिट एण्ड कमर्स बैंक

प्रतिकृया दिनुहोस