२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

पीएम कपः बागमती र सुदूरपश्चिम भिड्दै

- विशेष खबर सोमबार ०५, माघ २०७७ १०:०३

पीएम कपः बागमती र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल अहिले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ ।

समूह ए अन्तर्गत खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि बागमती पहिले ब्याटिङ गरिरहेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार जित हात पार्ने लक्ष्यमा छ ।

बागमतीले आज अरियो पौडेलको स्थानमा विपिन बचार्यलाई पहिलो रोजाइमा खेलाएको छ । सुदूरपश्चिम भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

यो समाचार तयार पार्दासम्म बागमतीले ७ ओभर खेल्दै १ विकेट गुमाएर ४९ रन बनाएको छ । पारस खड्का र आदिल खान समान १५ रन बनाएर खेलिरहेका छन् ।

यस्तै मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ मा रहेका गण्डकी र प्रदेश १ खेलिरहेका छन् । खेलमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो भने प्रदेश १ पहिलो खेल खेलिरहेको छ । प्रदेश १ ले ११ ओभर खेल्दा २ विकेट गुमाएर ५३ रन बनाएको छ ।


#प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट

प्रतिकृया दिनुहोस