२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु

- विशेष खबर आइतबार ०४, माघ २०७७ ०६:४३

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालि द्वारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमालागु हुनेगरी आज बाट सुरु गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रितगर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्धहुने कम्पनीले जनाएको छ । यस सर्भिस क्याम्पको दौरानग्राहकवर्गहरुले विभिन्नआकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहकहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्तगर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्तगर्न सक्ने छन् ।

सुरक्षित गाडिका लागिजेन्युअन पार्टस्प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्ममात्रलागु हुने छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्तिविभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदानगर्ने लक्ष्यलिएको छ । 
 


#आइएमई ग्रुप #आइएमई मोटर्स #अशोक लेलैण्ड

प्रतिकृया दिनुहोस