२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

काेराेना विरुद्धकाे खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान (सूचना सहित)

- विशेष खबर बुधबार २९, पुष २०७७ ११:३६

काेराेना विरुद्धकाे खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान (सूचना सहित)

काठमाडौं । सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क दिने घोषणा गरेको सरकारले बुधबार सार्वजनिक सूचना जारी गरी आर्थिक सहयोग माग गरेको छ । सूचनाको भाषाले भने सरकारले लक्षित समूहहरुलाई मात्र नि:शुल्क खोप दिने र अन्यलाई भने शुल्क लिने अभिप्राय रहेको सन्देश दिन्छ । यद्यपि सूचनामा लक्षित समूहका बारे थप स्पष्ट पारिएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई नि:शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ ।


#खोप

प्रतिकृया दिनुहोस