२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

आइएमई ‘भरोसा कोश’ को रकम भक्तपुरमा पनि वितरण

- विशेष खबर मङ्गलबार २८, पुष २०७७ ११:२२

आइएमई ‘भरोसा कोश’ को रकम भक्तपुरमा पनि वितरण

भक्तपुर । विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आइएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका  परिवारलाई सहयाेग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण भक्तपुरमा पनि सुरू भएको छ। 

मंगलबार भक्तपुरमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रदेश प्रमुख जगदिश अवस्थी, क्षेत्रीय प्रतिनिधि गणेश वश्याल, बिष्णु घिमिरे,सन्ताेष प्याकुरेल र निरज शाक्यले संयूक्त रूपमा काेराेना संक्रमणबाट बिदेशमा मृत्यु भएका दिनेशकुमार श्रेष्ठकी पत्नी मिनम श्रेष्ठलाई ५८ हजार ८ सय तेइस रूपैयाँकाे चेक हस्तान्तरण गरेका छन् ।  

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो । 

 

 


#आइएमई

प्रतिकृया दिनुहोस