२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरी

एजेन्सी सोमबार २७, पुष २०७७ ०३:०१

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरी
तस्बिर : आईसीसी

सिड्नी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट सोमबार पाँचौं दिन बराबरीमा टुंगिएको छ । जितका लागि ४ सय ७ रनको कठिन लक्ष्य पाएको भारतले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर ३ सय ३४ रन बनायो ।

भारतका लागि हनुमा बिहारीले २३ र रविचन्द्रन आश्विनले ३९ रन बनाए । उनीहरूले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।

बिहारीले चोटसँग संघर्ष गर्दै बहादुरीपूर्वक ब्याटिङ गरे । पाँचौं दिनको सुरुमा आक्रामक रहेको भारतले अन्त्यतिर भने बराबरीका लागि खेल्याे ।

यसअघि पाहुना टिमका लागि रिसव पन्तले ९७ रन बनाए र शतक बनाउनबाट तीन रनले चुके । यस नतिजासँगै चार टेस्टको सिरिज १–१ को बराबरीमा रह्यो ।

अब चौथो तथा निर्णायक टेस्टमा रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।


#क्रिकेट

प्रतिकृया दिनुहोस