२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

साेमबार देखि लामो दूरीका यातायात बन्द

शुक्रबार ०७, चैत २०७६ ०६:३७

साेमबार देखि लामो दूरीका यातायात बन्द
फाइल तस्बीर

काठमाडौँ  । सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गते साेमबार देखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्।

यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएकोप्रधानमन्‍त्री ओलीले जानकारी दिए ।

उनका अनुसार सीमानाका बाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ ।

 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस