२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

करेन्ट लागेर सप्तरीमा जंगली हात्तीको मृत्यु

- विशेष खबर शनिबार २५, पुष २०७७ ०९:५३

करेन्ट लागेर सप्तरीमा जंगली हात्तीको मृत्यु

राजविराज । गहुँ खेतमा लगाइएको करेन्ट लागेर सप्तरीमा शुक्रबार राति एउटा जंगली हात्तीको मृत्यु भएको छ ।

खड्ग नगरपालिका–५ अमहामा गहुँ खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिए ।

दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।

सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो । नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयका प्रमुख झाले बताए ।


#हात्ती

प्रतिकृया दिनुहोस