२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

ब्यवसायिक कृषिमा आकर्षित हुँदै सूर्नयाका युवा (फोटोफिचर)

- विशेष खबर बिहिबार १६, पुष २०७७ ०७:२९

ब्यवसायिक कृषिमा आकर्षित हुँदै सूर्नयाका युवा (फोटोफिचर)
तस्बिरः विशेष खबर ।

बैतडी । सूर्नया गाँउपालिका-६ शंकरपुरका युवा  गणेश अवस्थीले गतवर्ष तरकारी खेतीबाट राम्राे अम्दानी  गरे ।

यसवर्ष भने असारमा अकासेपानी नपरेका कारण खासै तरकारी नफले पनि  एकलाख जति कमाए । 'उत्पादन खासै नभए पनि यस बर्ष मूल्य मिलेकाले राम्रै कमाइ भयो', अवस्थीले भने ।

सिँचाइ अभावका बाबजुत पनि बन्दा, काउली, मुला र हरियो तरकारीको उत्पादन गरिरहेका कृषकले यसपाली कोरोना महामारीका कारण अकाशिएको तरकारीको मूल्यले थोरै भए पनि कृषक सन्तुष्ट भएका छन् ।

'माहामारीका कारण बाहिरबाट आयात कम भयो, यसबर्ष स्वदेसी तरकारीको उत्पादनकम भएपनि बजारमुल्य राम्रो मिलेकाले अम्दानी ठिकै भयो,' अर्का कृषक यज्ञराज अवस्थीले सुनाए ।

हाइड्रोपावरमा काम गर्दै अएका अवस्थी कोरोना भाइरस नियन्त्रका लागी सरकारले गरेको लकडाउनले घर फर्के । घर फर्केपछि तरकारीमा ब्यस्त भएका यज्ञराजले ६ महिनामा करिब २ लाख अम्दानी गरे । 'अब काम गर्न बाहिर जादैन, गाँउमै राम्रो कमाइ भएपछि किन अर्काको काम गर्न जानु ?', यज्ञराजले सुनाए ।

एक सिजनमा कम्तीमा ५ सय क्विन्टल बन्दा उत्पादन गर्ने उद्देश्य रहेको गणेश बताउछन् । तरकारीसँगै युवाहरूकाे पशुपालन र उखु खेतीतर्फ आकर्षण बढेकाे छ । स्थानीय सरकारबाट सहयोग पाए अझै राम्राे उत्पादन गर्न सकिने तरकारी खेतीमा संलग्न युवाहरू बताउँछन्।

युवाहरूलाइ उत्पादनमूलक पेषामा अकर्षित  गर्न बिभिन्न योजना बनाएको सूर्नया ६ का वडाध्यक्ष जयबहादुर कुवँरले बताए । हाते ट्याक्टर, पोलिहाउस र बिउ बिजनमा वडा कार्यालयले अनुदान दिइरहेको वडाध्यक्ष कुवँरले बताए ।

गाउँ सडक सन्जालले जाेडिएसँगै स्थानीय उत्पादनले बजार पाउन थालेपछि कृषकहरू खुसी भएका छन् ।


प्रतिकृया दिनुहोस